You are viewing the translated version of , (नियम ३७ को उपनियम (४) सँग सम्बन्धित) अध्ययन/तालिम/भ्रमणमा जाने कर्मचारीले गरेको कबुलियतानामाको ढाँचा.
(तलवी अध्ययन बिदा÷काज स्वीकृतिको लागि दिइने निवेदन साथमा नै अनिवार्यरूपमा यो कबुलियतनामा पेश गर्नु पर्नेछ ।
व्यवस्थापिका–संसद सचिवालयको …………………पदमा कार्यरत म ……………………..ले समितिको मिति ………………….को निणर्यानुसार……………………..मुलुकमा मिति…………………….देखि …………………सम्म सञ्चालन हुने……………………………………………….विषयको अध्ययन÷/तालिम/भ्रमणमा मनोनयन भए अनुरूप निकट भविष्यमा उक्त कार्यक्रममा सहभागी हुन जान लागेकोले मैले व्यवस्थापिका–संसद सचिवालय कर्मचारी प्रशासन नियमावली, २०६५ को नियम ३७ बमोजिम देहाय बमोजिमको कबुलियतनामा पेश गरेको छु :—
(क) उल्लिखित अध्ययन/तालिम/भ्रमणमा सहभागी हुनको लागि निर्दिष्ट मितिभित्र अध्ययन/तालिम/भ्रमण कार्यक्रम सञ्चालन गर्ने संस्थामा हाजिर हुन जानेछु ।
(ख) सवै प्रकारका अध्ययन/तालिम/भ्रमण अवधिभर छात्रवृत्ति प्रदान गर्ने एवं कार्यक्रम सञ्चालन गर्ने निकायबाट निर्धारित नीति/नियम/आचार संहिताको पूर्णरूपमा पालना गर्नेछु ।
(ग) सवै प्रकारका अध्ययन/तालिम/भ्रमणको लागि पूर्व स्वीकृत अवधि भुक्तानी हुनासाथ स्वदेश फर्की व्यवस्थापिका–संसद सचिवालय कर्मचारी प्रशासन नियमावली, २०६५ को नियम ३६ बमोजिमको अवधिसम्म अनिवार्यरूपले सेवा गर्नेछु ।
(घ) उल्लिखित अध्ययन/तालिम/भ्रमण पूरा गर्नासाथ नियमानुसारको म्यादभित्र सचिवालयमा हाजिर हुन नआएमा वा व्यवस्थापिका–संसद सचिवालय कर्मचारी प्रशासन नियमावली, २०६५ को नियम ३६ बमोजिम गर्नुपर्ने सेवा अवधि पूरा नगरे व्यवस्थापिका–संसद सचिवालय सम्बन्धी ऐन, २०६४ र व्यवस्थापिका–संसद कर्मचारी प्रशासन नियमावली, २०६५ बमोजिम अध्ययन/तालिम/भ्रमण अवधिमा मैले पाएको तलव, भत्ता एवं अन्य आर्थिक सुविधाहरूको साथै उक्त कार्यक्रममा भाग लिन आउँदा जाँदाको लागि प्राप्त गरेको हवाइभाडा, दातृ– निकायबाट प्राप्त छात्रवृत्ति तथा अन्य आर्थिक सुविधा बराबरको सम्पूर्ण रकम मैले सचिवालयबाट भुक्तानी पाउनु पर्ने तलव भत्ता, पेन्सन वा उपदान, मेरो नाउँमा रहेकोढज्ञ कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोष, मैले सञ्चित गरेको घर बिदा र विरामी बिदा वापत पाउनु पर्ने रकम उपचार खर्च वापत मैले भुक्तानी पाउनु पर्ने रकम, सचिवालय र मेरो संयुक्त लगानीबाट गरिएको बीमा रकम र नेपाल सरहदभित्र मेरो नाममा रहेको चल– अचल सम्पत्तिबाट समेत सचिवालयले मबाट सरकारी वाँकी सरह असूल गरेमा मेरो पूर्ण मन्जूरी छ ।
कबुलियतनामा गराउने अधिकारीको,– कबुलियतनामा गर्ने कर्मचारीको,–
दस्तखत………………………. दस्तखत……………………….
नाम, थर :- नाम, थर :-
पद :- पद :-
मिति………………………….. मिति…………………………..